धनगढी– कैलालीको धनगढीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–२, चौराहामा स्थानीय कार्कीमाथि गोली प्रहार भएको हो।

स्थानीय आइएमईकाे कार्यालयबाट ९ लाख रुपैयाँ नगद झिकेर बैंकतर्फ जम्मा गर्न जाँदै गरेको अवस्थामा अज्ञात व्यत्तिले कार्कीमाथि गोली प्रहार गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोटरसाइकलमा आएका २ जनाले कार्कीलाई छाती र हातमा गोली हानेका छन्। घाइते कार्कीको सती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जील्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। नेपाल लाइभ बाट