काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलकाे कार्यविभाजन बाँडफाँड गरिएको छ। संसदीय दलको उपनेतामा सुवास नेम्वाङ र राष्ट्रिय सभा संसदीय दलको नेतामा दीनानाथ शर्मालार्इ चयन गर्ने सहमति अध्यक्षद्वय केपी अाेली र प्रचण्डबीच भएकाे छ ।

गत हप्ता नै नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री समेत रहेका ओली चयन भइसकेका छन्। नेम्वाङ पूर्व सभामुख तथा तथा पूर्व एमाले नेता हुन् भने शर्मा पूर्व शिक्षामन्त्री एवं पूर्व माअाेवादीका नेता हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्षद्वय केपी ओली र प्रचण्डले शनिबार साँझ प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कार्यविभाजन टुंग्याएका हुन्। बालुवाटारमा भएको अध्यक्षद्वयबीचको छलफलले चार पदमा तत्कालीन दुई पार्टीका तर्फबाट दुई–दुईजना पर्ने गरी जिम्मेवारी टुंग्याइएको हो।

त्यस्तै, प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक देव गुरुङ तथा सचेतक शान्ता चौधरीलाई बनाउने सहमति भएको स्राेतले बतायाे । गुरुङ तत्कालीन माओवादीका तर्फबाट संसदीय दलको प्रमुख सचेतक थिए भने चौधरी एमालेबाट सचेतक थिइन्। राष्ट्रिय सभाको प्रमुख सचेतक र सचेतक भने आज (अाइतबार) बस्ने बैठकले टुंगो लगाउने बताइएको छ।