इटहरी । तरूण दल सुनसरीका सभापति तथा नेपाली कांग्रेस महासमिति सदस्य सिजन गुरूङलार्इ बिनासर्त रिहाइकाे माग गर्दै कांग्रेस कार्यकर्ताहरू सडकमा निस्किएका छन । इटहरी २० तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गामा बनाएको घर र त्यसवापतको भाडा समेत गुरुङले ६८ सालदेखि खाँदै आएको उजुरी परेपछि गुण्डागर्दिकाे अाराेप लगाउदै इलाका प्रहरी कार्यालय इटहरीले नेता गुरूङलार्इ गत शुक्रबार साझ नियन्त्रणमा लिएकाे थियाे ।
पक्राउ गुरूङलार्इ बिना सर्त रिहाइकाे माग गर्दै कांग्रेसका शयाै कार्यकर्ताहरूले अाइतबार बिहान इटहरीकाे मुख्य राजमार्गहरू करीब एक घण्टा चक्का जाम समेत गरीएकाे थियाे । कार्यकर्ताहरूकाे भिडलार्इ नियन्त्रण गर्न बाक्लाे संख्यामा प्रहरी परिचालन गरिएकाे थियाे ।
भिडियाे हेर्नुस –
https://youtu.be/vONsM_AyZSQ









