काठमाडाै‌ं– गायक शिव परियार सवारी दुर्घटनामा परेका छन्। दुर्घटनामा परी उनको दाहिने खुट्टामा गहिरो चोट लोगेको छ।

परियार यतिबेला ग्राण्डी अस्पताल काठमाडौंमा उपचाररत छन्। फेसबुकमा अस्पतालको शय्यामा सुतिरहेको फोटो पोस्ट गर्दै उनले आफू अहिले खतरामुक्त रहेको उल्लेख गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामाखुसी बसुन्धरामा रहेको कार सर्भिस सेन्टरमा आफ्नो कार हेर्न जाने क्रममा बा ८० प ९९९८ नम्बरको मोटरसाइकलमा सवार परियारलाई पछाडिबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो।

परियारसँगै बाइकमा सवार गायक कर्णराज गिरी भने सामान्य उपचारपछि घर फर्कने तयारीमा रहेकाे परियारले जनाएका छन्।