३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेती (गोरे) ले माेरंग अदालतकाे इजलासमा न्यायाधीससँग ‘सनमलाई रुखमा बाँधेर कुटेको भिडियो छैन?’ भनेर सोधेका छन्।

आइतबार मोरङ जिल्ला अदालतको इजलासमा सनमलाई यातना दिएको भिडियो देखाएपछि गोरेले इजलासमा न्यायाधीसँग यस्तो प्रश्न गरेका हुन्। उनले इजलासमा देखाएकाे भिडियाे खिच्नेले अरु थुप्रै खिचेकाे बताएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारी वकिलका तर्फबाट आइतबार यातना दिएको भिडियो इजलासमा देखाउँदै त्यस विषयमा आरोपी गोरेसँग बयान लिइएको थियो।

न्यायाधीस नारायणप्रसाद शर्मा र इजलास अधिकृत र सुरक्षाकर्मीमात्र उपस्थित इजलासमा गोरेले यातना दिइएका अरु थुप्रै भिडियो रहेको बताएका थिए।

यससँगै बुधबारदेखि सुरु भएकाे गोरेको बयान आइतबार सकिएको छ। अहिले साढे २ बजेपछि सम्भव भएमा उनको थुनछेक बहस सुरू गरिने सहन्यायाधिवक्ता पुण्यप्रसाद पाठकले नेपालखबरलाई बताए।

पाठकले गोरेको बयानका लागि सरकारी वकिल कार्यालयमा उपलब्ध सबुत प्रमाणसहित त्यस विषयमा सोधपुछ गरिने प्रश्न इजलासलाई उपलब्ध गराएको जानकारीपनि उनले दिए।

उनले भने, ‘हामीले हरहिसाबका रजिष्टर, भिडियो र घटनासँग जोडिएका सवालजवाफ इजलासलाई उपलब्ध गराएका थियौं। बयानको अध्ययन पूरा भएमा आजै थुनछेक हुनेछ।’ नेपाल खबर बाट साभार