काठमाडौं, १३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज चलाउने सपना निदाएको बेला नभएर ब्यूँझेकै बेला देखेको र त्यो योजनासहित देखेको बताउनुभएको छ ।

सरकारका नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्रीले पानीजहाज पनि चल्ने र हेर्दाहेदै तीन बर्षभित्र मेट्रो रेल चल्ने पनि बताउनुभयो

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं । जलमार्गबाटै ढुवानी गर्छै’ उहाँले भन्नुभयो,‘पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन । मैले दिउँसै देखेको सपना हो, राति होइन ।

उहाँले काठमाडौं महानगरभित्र मेट्रो रेल तीन बर्षभित्र चल्ने बताउनुभयो । उहाँले संविधान संसोधन औचित्य र आवश्यकताका आधार गर्न सकिने बताउनुभयो । उहाँले बिकास र समृद्धिका लागि एकताबद्ध भएर सबै लाग्नुपर्ने बताउँदै त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।

काठमाडौं–वीरगञ्ज रेल ५ वर्षमा बनाउने सहमति भइसकेको भन्दै प्रधानमन्त्रीले काठमाडौं केरुङ जोड्ने रेलका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको बताउनुभयो । उहाँले रेलबाट सामान ढुवानी गर्ने र नपरेको बेला भाडामा पनि लगाउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले सुनको घर बनाउने र सुनकै गल्ली बनाइदिने असम्भव सपना नदेखाएको बताउनुभयो । ‘यो सरकारले अर्को वर्ष सुनका घर र सुनकै गल्लि बनाउँछौं भनेर भनेको छैन । सम्भव हुने र सम्भव बनाउनुपर्ने समृद्धिका सपना बोकेको छ । समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्यमा केन्द्रित छ । यो हाम्रो राष्ट्रिय आकांक्षा हो’ प्रधानमन्त्रीले भन्नुभयो ।