सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को मुलुकको समग्र आर्थिक स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण पेस गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको आइतबारको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्नुभएको हो । आर्थिक सर्वेक्षण अनुसार, चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ५ दशमलव ५९ प्रतिशत पुग्ने अनुमान गरिएको छ भने प्रतिव्यक्ति आय १ हजार ४ डलर पुग्ने अनुमान गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले पनि ८० लाखभन्दा बढी जनता गरिवीको रेखामुनी रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा भएका आर्थिक गतिविधि तथा समग्र आर्थिक अवस्थासहितको आर्थिक सर्वेक्षण पेस गर्नुभएको हो ।

आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपूर्व आर्थिक आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था र चुनौतीलाई समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा छ । सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्दैछ ।