जनकपुर । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सभाको आइतबार बसेको बैठकमा नेकपाले लालबाबु राउत नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी दिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा उनले विवादित भाषण दिएको भन्दै नेकपाले समर्थन फिर्ता लिएको हो ।
नेकपाका सांसदद्धय सत्यनारायण मण्डल र रामचन्द्र मण्डलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसदलाई दिएका हुन् । मोदी भ्रमणका बेला लालबाबुले दिएको अभिव्यक्ति विवादमा आएको थियो ।
तत्कालीन माओवादी केन्द्रका तर्फबाट सांसद रामचन्द्र मण्डलले राउत नेतृत्वको सरकारको समर्थन फिर्ता लिइएको जानकारी दिँदै मोदी आउँदा मुख्य प्रतिपक्षीलाई बेवास्ता गरिएको बताए ।










