दुबई, जेठ १० । दुबईमा एक जोडीले बिहेको १५ मिनेटमै सम्बन्धबिच्छेद गरेका छन् ।
‘गल्फ न्यूज’ अखबारका अनुसार शरिया न्यायालयमा विवाह गरेको १५ मिनेटमै सम्बन्धबिच्छेद भएको हो ।
बेहुलीका पिताले बेहुला पक्षसँग २० हजार पाउन्ड रकम माग गरेका थिए । प्रचलनअनुसार नै बेहुलीका पिताले रकम माग गरेको र बेहुलापक्षले पनि उक्त रकम दिने सहमति जनाएपछि विवाह भएको थियो ।
विवाहकै क्रममा बेहुलापक्षले ५० प्रतिशत रकम बुझाएको थियो । विवाह दर्ता भइसकेपछि बाँकी रकमका लागि बेहुलीका पिताले दबाब दिएको उक्त अखबारले जनाएको छ । बेहुलाले पाँच मिनेटको पैदल दुरीमा पार्क गरिएको आफ्नो कारमा रकम रहेको जनाउँदै बेहुलीका पितालाई ‘पार्किङ’ मै गएर बाँकी रकम तिर्ने बताएका थिए ।
तर, बेहुलीका पिताले कारमा राखेको रकम लिन अरु कसैलाई पठाउन दबाब दिदैं पुरा रकम नपाएसम्म आफूले छोरीलाई लैजान नदिने बताएपछि तनाव बढेको थियो ।
दुलाहा पक्षले बेहुलीका पिताको यस्तो दबाबलाई ‘आफ्नो अपमान’ महसुस गर्दै तत्काल सम्बन्धबिच्छेद गरेको बताइएको छ ।
समाचारमा बेहुला, बेहुली र उनीहरुको परिवारको परिचय खुलाइएको छैन । (एजेन्सी यो पनि पढ्नुहोस् :सगरमाथामा फसे १५ भारतीय, सुष्मा स्वराजलाई पुकारे सगरमाथा आरोहणका क्रममा त्यहाँ फसेका १५ भारतीयहरूको एक समूहले भारतकी परराष्ट्रमन्त्री सुष्मा स्वराजसँग ट्विटरमा सहायता मागेका छन् ।
यी भारतीयहरू विगत तीन दिनदेखि सगरमाथामा फसेका छन् । मौसम खराब भएका कारण यिनीहरूको उडान रद्द भयो र काठमाडौं आउन पाएनन् ।
ट्वीट देखेपछि स्वराजले नेपालस्थित भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई यसमा काम गर्न भनेकी छन् ।
अमित ठडानी नामक एक सर्जनले शनिवार स्वराज र विदेश मन्त्रालयलाई ट्वीट गर्दै लेखे, ‘हामी लुक्लामा दुई दिनदेखि फसेका छौं । तपाईं हाम्रो सहायता गर्न सक्नुहुन्छ ? हामी १५ भारतीयहरू यहाँबाट सुरक्षित बाहिर निस्कने प्रतीक्षा गरिरहेका छौं । स्थानीय दूतावासलाई सम्पर्क पनि ग–यौं तर अहिलेसम्म कुनै समाधान पाइएन ।’
सुष्माले भनेपछि भारतीय दूतावासले भारतीयहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेको बताएको छ ।










