घीय समाजवादी फोरम नेपालले सरकारको नीति तथा कार्यक्रममाथि गरेको संशोधन फिर्ता लिएको छ । आइतबार नेपाल कम्युनिस्ट पार्टी र फोरमबीच संविधान संशोधन लगायतका विषयमा सहमति जुटेपछि फोरमका सांसदहरुले दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिएका हुन् ।

सरकारको सरकारको नीति तथा कार्यक्रममाथि फोरमका चार सांसदले संशोधन प्रस्ताव दर्ता गराएका थिए । संशोधन प्रस्ताव पेश हुनु अगावै प्रधानमन्त्री ओली र फोरम अध्यक्ष उपेन्द्र यादवबीचको भेटमा सहमतिको बाटो खोजिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भेटमा प्रधानमन्त्री ओलीले संविधान संशोधनमर्फत् अगाडि बढ्न आफू तयार रहेको बताउँदै संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरे ।

छलफलमा सहभागी फोरम नेपालका महासचिव रामसहाय यादवले संविधान संशोधन लगायतका विषयमा दुई दलका बीचमा सहमति भएको जानकारी दिए । सहमतिपछि आफूहरुले संशोधन प्रस्ताव फिर्ता लिदएको दावी गरे ।

केन्द्रमा दुई दलका बीचमा समर्थन भए पनि प्रदेश नम्बर २ मा भने फोरम नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपाले फिर्ता लिएको छ । काठमाडौं टुडे बाट