सनम हत्याकाण्ड र साढे ३३ किलो सुन प्रकरणमा जोडिएका चूडामणि उप्रेती उर्फ गोरे दमकबाट नै पक्राउ परेको एबिसिनेपाल डट टिभिले लेखेको छ । उनलाइ काठमण्डौबाट पक्राउ गरिएको बताईएको थियो ।

कसरी पक्राउ प¥यो त गोरे

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फागुन १९ गते भारत पसेका गोरे कलकत्ता, सिक्किम, आसाम र सिलगुढी लगायत क्षेत्रमा बसिरहेका थिए । सिक्किमका केही क्यासिनो व्यवसायीसँग गोरेको चिनजान थियो । सिक्किम सरकारसँग समेत पहुँच भएका क्यासिनो व्यवसायीकै संरक्षणमा गोरे भारतका विभिन्न शहरमा ‘लोकेसन चेन्ज’ गर्दै बसिरहेका थिए ।

जेठ ६ गते (आइवार) दिउँसो झापाको काँकरभिट्टा नाका हुँदै गोरे नेपाल फर्किन्छन् । गोरे मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गर्ने भनेर भारत पश्चिम बंगालको सिलगुढीबाट नेपाल फर्किएका थिए । उनको साथमा केही मानवअधिकारकर्मी पनि थिए । तर जब गोरे झापाको दमकमा पुगे, सुन तस्करी र सनम शाक्य हत्याकाण्डको छानबिन गर्न गठित समितिका सदस्यसँग भेटघाट भयो ।

६ गतेको साँझ गोरेसहित समितिका सदस्यको वास दमकमै भयो । ७ गते विहान गोरे आफ्ना मामा (नाम नखुलेका), २ जना मानवअधिकारकर्मी र २ जना समितिका सदस्यसहित काठमाडौंका लागि हिँडे । गाडी बुक गरेर काठमाडौं पुर्‍याइएका गोरेलाई ७ गतेको साँझ काठमाडौंको बूढानीलकण्ठस्थित एक होटलमा राखियो ।

बूढानीलकण्ठको होटलमा गोरेसँग नेपाल प्रहरीका केही उच्च अधिकारीले पनि गोप्य रूपमा भेटेको एक उच्च स्रोतको भनाइ छ । छानबिन समितिका संयोजक लगायतसँगको भेटमा गोरेले सुन तस्करीमा संलग्न आफूभन्दा माथिल्लो तहका केही व्यक्तिको नाम पोलेको स्रोतले जानकारी दिएको छ ।

तर समितिका संयोजक बाहिरिएपछि सो होटलमा पुगेका प्रहरी अधिकारीले भने ती नाम उल्लेख गरे खतरा हुने बताएपछि गोरेले आइन्दा ती नाम कसैसँग नबताउने बाचा गरेका थिए ।