सशस्त्र प्रहरी मुख्यालय, हल्चोकको खेलकुद शाखामा कार्यरत् प्रहरी सहायक निरीक्षक (असई) विशाल खड्का सुन तथा नगद लुटेको आरोपमा पक्राउ परेका छन्।
करिब एक महिना अगाडीको लुटपाट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार खड्कासहित ७ जनाको समूहले सुन्धारास्थित होटल मेजेस्ट्रीमा बसेका वीरगञ्जका एक सुन व्यवसायीको साथबाट ८ सय ८३.१०० ग्राम सुनसहित ११ लाख रुपैयाँ लुटेका थिए। पूर्व योजना अनुरुप व्यवसायीलाई रेकी गरेर उनीहरुले लुटपाट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घटनामा संलग्न ७ जनामध्ये चार जना फरार रहेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले बताए ।
घटनामा संलग्न अभिनाश शाह र प्रविन गिरीलाई यसअघि नै काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ । लाई यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरिसकेको छ ।
पक्राउ परेकाहरुमाथि जबरजस्ती चोरी, डाँका र संगठित अपराध ऐन अन्तरगत म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डिएसपी थापाले जानकारी दिए। प्रहरीका अनुसार डाँका र संगठित अपराधमा मुद्दा दर्ता भएको सम्भवतः यो पहिलो हो। नेपाल खबर डट कम बाट साभार










