काठमाडौं । सुन तस्करीका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरेले अहिले आफूसँग कुनै पनि सम्पत्ति नभएको बयान दिएका छन् ।

“मेरो घरमा ९ जनाको परिवार छ । मेरो आफ्नो धनसम्पत्ति केही छैन । बुबाको नाममा पूर्वतिर जग्गा जमिन छ । उर्लाबारीमा र काठमाडौंमा घर छ । मैले कमाएको रुपैयाँ सबै खाई मासिसकेको छु,” अदालतको बयानमा गोरेले भनेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनकै नेतृत्वमा सन् २०१५ देखि अहिलेसम्म करिब ५२१ पटक गरी ३८ क्वीन्टल सुन आयात भएको प्रहरी दाबी छ ।

उनीविरुद्ध १७ अर्ब बढी विगो दाबी गर्दै मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनको सुनुवाइ गर्दै पुर्पक्षका लागि जेल चलान गरिएको छ ।