काठमाडौं । प्रदेश २ को सरकार गठबन्धनमा रहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा बीच दुरी बढेको छ । सरकारको नीति तथा कार्यक्रममा फोरमले समर्थन जनाएपछि यी दुई दलबीचको सम्बन्धमा चिसोपन आएको हो ।
फोरमले सरकारको नीति तथा कार्यक्रममा सविधान संशोधन मुद्धा नपरेको भन्दै संशोधन हालेको थियो । प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालसँगको छलफलपछि फोरमले सशोधन फिर्ता लिएर नीति तथा कार्यक्रमलाई समर्थन गर्यो ।
संविधान संशोधनको एउटै मुद्धामा फोरम र राजपाले अलग अलग सशोधन हालेका थिए भनेर आजको कान्तिपुरमा खबर छ ।










