विष्णुप्रसाद पोखरेल दमक । झापाको दमक नगरपालिकाले प्राविधिक शिक्षालय स्थापना र यहाँको अवस्थाको विषयमा अध्ययन प्रतिवेदन तयार पारेको छ । नगरपालिकाले यस क्षेत्रमा आवश्यक प्राविधिकहरु स्थानीय स्तरमा नै उत्पादनका लागि गर्नु पर्ने कामको सम्भाब्यता अध्ययनका लागि बनाएको कार्यदलले नगरपालिकाको स्वामित्वमा रहने गरी ‘दमक बहुप्राविधिक शिक्षालय’ स्थापना गर्न सुझाव पेस गरेको छ ।

यहि कार्यदलले नगरपालिकालाइ प्रतिवेदन बुझाउदै नगरपालिकाको स्वामित्वमा बहुप्राविधिक शिक्षालय स्थापना गर्नका लागि सुझाव पेस गरेको छ । प्राध्यापक हेमनाथ अधिकारीको संयोजकत्वमा बनेका कार्यदलमा अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा सल्लाहाकार रहनु भएका देवेन्द्र दाहाल, महिला नेतृ सुमित्रा खतिवडा र प्रभा खतिवडा रहेको कार्यदल बनाएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापाको दमक तथा देशभर सञ्चालनमा रहेका प्राविधिक शिक्षालय तथा बिद्यालयहरु र सरकारी निकायहरुको समेत अध्ययन गरेर आफूहरुले प्रतिवेदन तयार पारेर नगरपालिकालाइ बुझाईएको कार्यदलका संयोजक अधिकारीले बताउनु भयो । प्रतिवेदनमा १ नम्बर बुदामा भनिएको छ, दमकमा घना आवादी र आप्रवासको दर पनि तिब्र भएकाले उच्च गतिमा जनसंख्या बृद्धि भइरहेको छ । तिनिहरुलाइ रोजगार र स्वारोजगार बनाउ पनि प्राविधिक शिक्षालय खोल्न ढिला गरिनु हुदैन ।

नगरपालिकामा बुझाइएको प्रतिवेदमा यहाँ सञ्चालनमा रहेका शिक्षालयहरुमा दमक बाहिर पहाडी क्षेत्रबाट बिद्यार्थीको चाप बढि भएर थेग्न गाहे रहेको पाइएकाले ठोस योजनाका साथमात्र कार्यप्रारम्भ गर्नलाइ सुझाव दिईएको छ । प्रतिवेदनमा भनिएको छ, सामुदायिक बिद्यालयमा वा छुट्टै संस्था स्थापना गर्न सकिने गरी दूइ प्रकारमध्ये कुनै एउटा बाटो नगरपालिकाले रोज्नु पर्ने हुन्छ ।

कार्यदलका सदस्य देबेन्द्र दाहालका अनुसार सामुदायिक बिद्यालयमा शुरु गर्न सहज भएपनि त्यसका लागि उपयुक्त बिद्यालय नगरभित्र भेटिएको छैन । यसले गर्दा आफूहरुले नगरपालिकाले बेग्लै ‘दमक बहुप्राविधिक शिक्षालय’ खोल्नु पर्ने सुझाव दिएको दाहालले जानकारी दिनु भयो । यो सम्पूर्ण रुपमा नगरपालिकाको स्वामित्वमा रहनु पर्ने समेत उल्लेख रहेको छ ।

सिभिल, इलोक्ट्रोनिक्स, इलेक्ट्रल, अटो मेकानिक्स, होटल म्यानेजमेन्ट, कृषि, वागवनी,वनबिज्ञान, पुशविज्ञान, बाली बिज्ञानसत मध्ये प्रारम्भमा २ वा ३ विषय छनौट गरी ३ बर्षे स्नातक र मेसन, फेसन डिजाइन, प्लम्बर, अटो मेकानिक्स, इलेक्ट्रोनिक्स मेकानिक जस्ता छोटा अवधिका तालिम तत्काल सञ्चालन गर्नु पर्ने सुझाव कार्यदलको रहेको छ । नगरपालिकाको स्वामित्वमा रहेको दमक अस्पताललाइ १ सय शैयाको बनाएर स्वास्थतर्फका जनशक्ति उत्पादन गर्ने योजना बनाउने पर्ने जनाईएको छ ।

प्रतिवेदन बुझ्दै दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले प्रतिवेदनको विषयमा कार्यपालिका बोर्ड बैठकमा छलफल हुने र त्यसले पारित गरेपछि कार्यन्वयन प्रंक्रिया शुरु गरिने बताउनु भयो । नगरबासीलाइ रोजगारमूलक प्राविधिक शिक्षा सहज रुपमा उपलब्ध हुने अवस्थाको सिर्जना गर्ने र दमकलाइ पूर्वी नेपालको प्राविधिक शिक्षा आयआर्जन गर्ने केन्द्र बनाउने उदेश्यले नै महत्वका साथ कार्यदल बनाएर सुझाव माग गरिएको ओलीको भनाइ रहेको थियो ।