धरान । दमकको क्याम्पस रोड घर भई सिंहदेवी उपस्वास्थ्य चौकी केराबारी मोरङमा कार्यरत अहेब चन्द्रबहादुर खत्री स्थानीय १० वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

बौद्धिक अपांग समेत रहेकी बालिका घरमा एक्लै भएको मौका छोपी जबरजस्ती गरेको आरोप लागेको छ । घरमा एक्लै रहेकी बालिकालाई यौनजन्य हिंसा गर्दै गर्दा बालिकाकी आमा आइपुगेपछि ठूलो घटना हुनबाट भने जोगिएको स्थानीयबासीले  जानकारी गराएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बालिकाकी आमा आइपुगे लगत्तै अहेब खत्रीले घटनाबारे कसैलाई नभन्न भन्दै पाँचसय रुपैया दिएको र आफु तुरुन्त अन्यत्रै सरुवा भएर जाने आश्वासन दिएका थिए ।

१२ गते विहानको घटना भएपछि अहेब खत्री भने हिजो आइतबार बेलुका मात्रै पक्राउ परेका थिए । खत्रीलाई प्रहरी चौकी केराबारीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलबारीलाई बुझाएको छ । उता प्रहरीले भने अनुसन्धान भइरहेको भन्दै घटनाबारे थप जानकारी दिएको छैन ।