दमक/झापाको दमकमा ब्यवसायीक रुपमा बेग्लै छवि बनाउन सफल रहेको न्यू संगम इन्टरप्राइजेजले आफ्ना उपभोक्ता एवं ग्राहकलाइ गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यले आधूनिक र प्रविधिमैत्री सर्भिस सेन्टरको शुरुवात गरेको छ ।

सोमबार एक कार्यक्रमबीच दमक वडा नंं ५ का वडाध्यक्ष इन्द्र गुरुगले आधुनिक सर्भिस सेन्टरको उद्घाटन गर्दै दमकका लागि यो एउटा खुसिको खबर भएको बताएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफूहरुले बजाज कम्पनीका मोटरसाइकल बिक्रि बितरण गर्दै आएको र अब समय सुहाउदो सर्भिस सेन्टर समेत आवश्यक रहेको महसुस गरेर यो कार्य गरेको प्रोपाइटर बिमल शर्माले बताए ।

उनले अब सर्भिस बिगतमा भन्दा गुणस्तरीय, सर्वसुलभ र छरितो हुने जनाए । शर्माले नाफा कमाउने तथा ब्यापार गर्ने मात्र नभएर उपभोक्ता एवं ग्राहकलाइ सन्तुििष्ट दिलाउने कार्यमा आफूहरु प्रयत्नशील रहने उल्लेख गरे ।