१४ जेष्ठ,दमक। ११ औं गणतन्त्र दिवसको अवसरमा पुष्प -धीरेन्द्र स्मृति प्रतिष्ठानले भोलि विहान ७ वजेदेखि दमक चौकमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएकोछ ।
पुष्प-धीरेन्द्र स्मृति प्रतिष्ठान तत्कालीन राज्यद्वारा वेपत्ता पारिएका दमकका युवा पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेतको नाममा स्थापित संस्था हो।उनीहरु दुवै जना झापा दमक -१ का भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका छोरा हुन्।
माओवादीले संचालन गरेको सशस्त्र जनयुद्धका क्रममा उनीहरु दुवैलाई तत्कालीन शाही सेनाले गिरफ्तार गरी वेपत्ता वनाएको थियोे।उनीहरुलाई सेनाको भैरवनाथ गणवाट वेपत्ता वनाइएको थियोे।
मुलुकमा गणतन्त्र ल्याउन महत्त्वपूर्ण योगदान गरेकाले उनीहरुकै सम्मान र सम्झनामा रक्तदान कार्यक्रम गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेतले जनाए।बस्नेतले रक्तदानमा सामेल हुन पनि दमकवासीलाई अपिल गरेका छन्।










