काठमाडौं १४ जेठ– सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भुक्तान गरिरहेका तत्कालीन माओवादी केन्द्रका नेता तथा पूर्वसांसद बालकृष्ण ढुङ्गेललाई आम माफी दिने निर्णय सम्बन्धमा सरकारले गरेको निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय मीरा खड्का र टंक मोक्तानकाे सोमवारको इजलासले ढुंगेललाई माफी दिने सम्बन्धमा गरेको निर्णयको सक्कल फाइल झिकाउन भनेको हो । ढुंगेललाई माफी दिने सरकारी तयारीविरुद्ध बरिष्ठ अधिवत्तला दिनेश त्रिपाठीले सर्वोच्चमा दायर गरेको रिटमाथिको सुनुवाइका क्रममा अदालतले यस्तो आदेश दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमवार मुद्दालाई हेर्दा हेर्दैमा राखेर ढुंगेललाई माफी दिने भनेर गरिएको निर्णयको सक्कल फाइल झिकाउन आदेश भएको रिट निवेदक वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिए ।