डोटीमा सोमबार दिउँसो जीप दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

दिपायलबाट बोगटान गाउँपालिका वडा नं ६ गगुडाका लागि छुटेको से१ज ८७७ नं. को जीप दुर्घटना हुँदा चालकसहित चारजनाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा अन्य १० जना घाइते भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतकमा चालक रामबहादुर बिक, जिपका साहु भगत द्धारिया र ईन्नरी रावत रहेको स्थानीयले जनाएका छ । थप एकजना मृतक महिलाको सनाखत हुन सकेको छैन ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ । दैनिक नेपाल बाट साभार