तत्कालीन माओवादी केन्द्रले नेपाल कम्युनिष्ट पार्टीमा आफ्नो कोटामा परेका नेताको टुंगो लगाएको छ ।

तत्कालीन माओवादी केन्द्रको कोटामा परेका १९ जनामध्ये १८ जनाको नाम टुंगो लागेको हो । एक जनाको नाम अध्यक्ष प्रचण्डले टुंग्याउने समझदारी भएको छ । नाम टुंगो लागेका १८ नेताको सूची अध्यक्ष प्रचण्डले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टी एकता भएको दुई सातामा नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीले पूर्णता पाएको छ। नेकपाको ४५ सदस्यीय स्थायी समिति छ । तत्कालीन एमालेबाट यसअघि नै नाम टुंगो लागिसकेको छ ।

तत्कालीन माओवादीबाट को-को परे ? प्रचण्ड नारायणकाजी श्रेष्ठ रामबहादुर थापा बादल देव गुरुङ टोपबहादुर रायमाझी गिरिराजमणि पोखरेल वर्षमान पुन जनार्दन शर्मा मात्रिका यादव हरिबोल गजुरेल अग्नि सापकोटा शक्ति बस्नेत पम्फा भुसाल लेखराज भट्ट देवेन्द्र पौडेल चक्रपाणि खनाल मणि थापा गणेश साह

-दैनिकनेपाल बाट साभार