डडेल्धुराको गजरौलामा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
डोटीको दिपायलबाट बाँकेको कोहलपूर आउँदै गरेको से १ ज ३३० नम्बरको जीप डडेल्धुराको गन्यापुर गाउँपालिका ३ गजरौलामा सोमबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।










