काठमाडौँ – बालकृष्ण ढुंगेल रिहा भएका छन् । कर्तव्य ज्यान मुद्दामा आजीवन जेलसाजय भोगिरहेका ढुंगेल मंगलबार बिहान ९ बजे रिहा भएका हुन् ।
उनी डिल्लिबजार कारागारबाट बिहान रिहा भएर अहिले विघटित माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा पुगेका छन् ।
असल चालचलन भएका कैदीलाई गणतन्त्र दिवसको अवसर पारेर बाँकी कैद मिनाहा गर्ने व्यवस्था अनुसार कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय पाएका ढुंगेललाई सरकारले रिहा गरेको हो ।
संविधानको धारा २७६ बमोजिम राष्ट्रपतिको सिफारिसमा ढुंगलेसहितका ८१६ कैदी रिहा हुने भएका हुन् ।
ढुंगेलको रिहाको विरोधमा सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा रोकिएको थियो ।तर उनी मंगलबार सुनुवाई सुरु हुनु भन्दा अघि नै छुटेका हुन् । सुनुवाई हेर्दाहेर्दैमा रोकिए पनि इजलासले कारागार व्यवस्थापन विभागले गरेको कैद मिनाहा सिफारिसको सक्कल फाइल झिकाउने आदेश दिएको छ ।










