काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५-०७६ का लागि आज बजेट सार्वजनिक गर्दैछ । सरकारले आगामी आर्थिक बर्षको आय व्ययसहितको बजेट आज व्यवस्थापिका संसद्मा पेश गर्न लागेको हो । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले आज बजेट पेस गर्न लागेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज दिउँसो ४ बजे संघीय संसद्मा आगामी आर्थिक वर्षको मुलुकको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बजेटको अधिकांश हिस्सा चालू खर्चकै लागि विनियोजन भएको छ भने पुँजीगत खर्च आन्तरिक ऋण र वैदेशिक सहयोग तथा अनुदानमा निर्भर रहेको छ । मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा केन्द्र, प्रदेश र स्थानीय तहका लागि बजेटको आकार वृद्धि गर्नुपर्ने चुनौती पनि सरकारसँग छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यद्यपि सीमित स्रोत साधनका बाबजुद तीन तहको आवश्यकता पूरा गर्ने गरी योजना बनाइएको बताइएको छ । राष्ट्रिय योजना आयोगले सुरुमा आगामी आवको बजेटको सिलिङ १२ खर्ब ४ अर्ब रुपैयाँ तोके पनि यसलाई पुनः परिमार्जन गराई त्यसैका आधारमा नयाँ बजेट ल्याउने प्रयास अर्थमन्त्री खतिवडाले गरेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावअनुसार जल यातायातको सम्भाव्यता अध्ययन, रेल मार्गको विस्तार, मदन भण्डारी राजमार्ग निर्माण, ऊर्जा तथा पर्यटक क्षेत्रको विकासका कार्यक्रम राखिएका छन् । यसका साथसाथै यसअघि राष्ट्रिय प्राथमिकताको सूचीमा परेका केही कार्यक्रमलाई यसपटक पनि प्राथमिकताको सूचीमा राखिएको छ ।

त्यस्ता कार्यक्रममा पोखरा क्षेत्रीय विमानस्थल निर्माण, भैरहवा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण, काठमाडौं तराई फास्टट्रयाक, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, त्रिभुवन विमानस्थलको स्तरोन्नति लगायतका कार्यक्रम छन् । यसबाहेक बजेटले तराई क्षेत्रमा सघन सहरी विकास कार्यक्रमलाई पनि जोड दिने बताइएको छ । छलफल बाट