सरकारको सिफारिसमा आममाफीमार्फत उज्जनकुमार श्रेष्ठ हत्याको सजाय भोगिरहेका पूर्वमाओवादी सभासद बालकृष्ण ढुंगेललाई छाडेको विरोधमा नेपाल विद्यार्थी संघले नग्न प्रदर्शन गरेको छ ।
सरकारको विरोधमा मंगलबार गरिएको प्रदर्शनमा नेवि संघले ‘हत्यारा छाड्न पाइँदैन, ओली सरकार चाहिँदैन’ भन्ने प्लेकार्डसहित नग्न जुलुस निकालेको थियो ।
जुलुसको नेतृत्व सभापति नैनसिंह महरले गरेका थिए । सोमबार रातीको मन्त्रिपरिषद्को बैठकले ८ सय १६ जनाको सिफारिस गरी राष्ट्रपति कार्यालयमा बुझाएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस स्वीकृत गरेपछि मंगलबार बिहानै ढुंगेलको रिहाई भएको थियो ।
दैनिक नेपाल बाट साभार









