सरकारले साना किसान सहकारीबाट लिएको सबैकाे ऋण मिनाहा गरेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को बजेट संसदमा प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो । ऋण तिर्न अप्ठ्यारो परेका किसानलाई सरकारको यो घोषणाले राहत मिलेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै सरकारले २६ जिल्लाका गरिब परिवारलाई आउँदो वर्ष परिचय पत्र दिने र बाँकीलाई २ वर्ष भित्र वितरण गरिसक्ने पनि उहाँले उल्लेख गर्नुभयो । सरकारले कृषि पशुपालन र माछापालनका लागि गरिने बीमाको ७५ प्रतिशत प्रिमियम रकम तिरिदिने भएको छ ।

सातैवटा प्रदेशमा नमुना कृषि फार्म बनाइनुका साथै सबै स्थानीय तहमा कृषि ज्ञान केन्द्र स्थापना गर्ने बजेटमा उल्लेख छ ।