सरकारले आगामी साउनबाट नियुक्त निजामति कर्मचारीलाई पेन्सन नदिने भएको छ ।

संघीय सरकारको आर्थिक बर्ष २०७५/७६ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी साउनबाट नियुक्त हुने सरकारी कर्मचारीलाई पेन्सन नदिने घोषणा गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बजेटमा अरु के-के छ ?

सबै प्रदेशमा एक रंगशाला बनाइने ।

राष्ट्रपति महिला उत्थान कार्यक्रममा २५ करोड ५६ लाख विनियोजन ।

७० बर्ष माथिका १ लाखसम्मको जीवन बिमा गरिने ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि

विश्वविद्यालय अनुदान आयोगलाई १४ करोड विनियोजन ।

मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान खोलिने ।

सञ्चित जमीनलाई घडेरी बनाउन नपाइने ।

इजाजत प्राप्त कम्पनीबाट मात्र घरजग्गाको कारोबार गर्न पाइने ।

साना किसानको कर्जा मिनाहा ।

काभ्रेमा वैकल्पिक आन्तरिक बिमानस्थल निर्माण गरिने ।

प्रधानमन्त्री बेरोजगार कार्यक्रम घोषणा, शैक्षिक प्रमाणपत्रको आधारमा कम ब्याजमा ऋणको ब्यवस्था ।

उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड

तराईमा खरको छाना भएकालाई जस्तापाता दिइने

ग्रामीण विद्युतीकरणका लागि ५ अर्ब विनियोजन

सर्वसाधारणको लगानीमा ३ हजार मेगावाटको आकर्षक योजना सुरु गरिने

राष्ट्रसेवक र विदेशमा रहेका नेपालीको लगानीमा विजुली आयोजना बनाइने

०७५ -८५ उर्जा दशक मनाइने

भेरी बबइ रानी जमरा लगायतका सिञ्चाइ योजनाका लागि १० अर्ब

सार्वजनिक स्थलहरुमा स्मार्ट शौचालय बनाइने

खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनीको रुपमा विकास गरिने ।

३ वर्षमा रानीपोखरी र धरहरा निर्माण गरिसक्ने

१०० वटा पर्यटकीय गन्तव्य पहिचान गरी प्रवर्द्धन गरिने

बजेट भाषण अहिले संसदमा जारी छ ।