सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा १ खर्ब ९ अर्ब रुपैयाँ भन्दा धेरै बजेट छुट्याएको छ ।

सरकारले सडक, रेल र जल यातायातको लागि यो रकम छुटयाएको हो । सरकारले तराई–काठमाडौं रेल, काठमाडौं–रसुवागढी रेल, काठमाडौंमा मेट्रो र केबलकार, मदन भण्डारी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, पुष्पलाल लोकमार्ग, कोशी गण्डकी र कर्णाली नदीमा जल यातायात चलाउने जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हरेक प्रदेशका सडकलाई भारत या चीनसँगको सिमासम्म पुर्‍याइने पनि उल्लेख छ । नौबीसे –सितापाइला सुरुङ निर्माण सुरु गर्ने र झण्डै एक दर्जन सडकमा सुरुङ निर्माण गरिने बजेटमा उल्लेख छ ।