सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गनुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँले कृषि, पर्यटन, जलविद्युत र पूर्वाधार क्षेत्रलाई महत्व दिएर बजेट सार्वजनिक गर्नुभएको हो । सरकारले ८ खर्ब ३१ अर्व रुपैयाँ राजश्वबाट, २ खर्ब २ अर्ब वैदेशिक ऋणबाट र १ खर्ब २ अर्ब जुटाइने उल्लेख छ ।

केही दिनअघि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आधारित रहेर अर्थ मन्त्रालयले बजेट तयार पारेको छ ।

समृद्ध नेपाल सुखी नेपाली नारालाई पूरा गर्न सरकार तयार रहेकाले उच्च आर्थिक वृद्धिसहितको बजेट ल्याएको उहाँको दावी छ । दैनिक बाट साभार