काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विशवप्रकाश शर्माले सरकारको आगामी बजेटले कम्युनिष्ट गठबन्धनले चुनावको समयमा बाँडेको सपना तुहाएको टिप्पणी गरेका छन् ।

मंगलबार बजेट भाषणपछि ट्विट गर्दै प्रवक्ता शर्माले चुनावमा वितरित सपना र घोषणापत्र, केही समय अगाडि जारी गरिएको सरकारको नीति तथा कार्यक्रम र जारी बजेटबीच तादाम्यता टुटेको बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘‘निजी क्षेत्र र राष्ट्रसेवक बाहेकलाई निराशाजनक नै त नभनौं तर सपना, प्रचार र होहल्ला ठूलो,, परिणाममा भने यो बजेट हात्ती आयो फुस्सा !!’’ उनले ट्विट गरेका छन् । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७५–०७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएको छ ।