काठमाडौँ, १५ जेठ - नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारले अपेक्षाकृत बजेट ल्याउन नसकेको बताएका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा आर्थिक वर्ष २०७५–०७६ को बजेट प्रस्तुत गरेसँगै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले बजेट सुन्दै जाँदा 'माछा माछा, भ्यागुता' जस्तो अनुभूति भएको बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘बजेट सुन्दै जाँदा 'माछा माछा, भ्यागुताु'जस्तो पो अनुभूति भयो! बजेट सबै हिसाबले पुरानैको निरन्तरतामा आयो!' उनले भनेका छन्, ‘जबकि आवस्यकता समृद्धिको युगतर्फ फड्को हान्ने संरचनात्मक परिवर्तनको थियो। त्यो न राजस्व, न भित्री र बाहिरी लगानी, न क्षेत्रगत विनियोजन, न प्रदेश र तल हस्तान्तरणमा कतै देखिएन ।’

-लोकान्तर.com बाट