नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् ।

नेकपा संसदीय दलको बुधबार बसेको बैठकले नेम्वाङलाई दलको उपनेता चयन गरेको हो । पूर्वसभामुख नेम्वाङ यसअघि तत्कालिन एमालेको पनि उपनेता थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकले नेकपाको प्रमुख सचेतकमा देव गुरुङ र सचेतकमा शान्ता चौधरी चयन भएका छन् । गुरुङ यसअघि तत्कालिन माओवादी केन्द्रको प्रमुख सचेतक थिए । एमालेका तत्कालिन प्रमुख सचेतक खगराज अधिकारी भने बिदा भएका छन् ।

यसैगरी, सचेतकमा शान्ता चौधरी चयन भएकी छिन् । उनी यसअघि पनि सचेतक थिइन् ।

संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङ, गुरुङ र चौधरीको नाम प्रस्ताव गरेका थिए । जुन सर्वसम्मतिले पारित भएको थियो ।