काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सिंगो देशलाई सुचना प्रविधिसँग जोड्ने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ महाधिवेशनको काठमाडौं उद्घाटन गर्दै प्रधानन्त्री ओलीले शिक्षकलाई पनि प्रविधियुक्त हुन निर्देशन दिए ।

उनले आफ्नो विषयमा पढाउन नजान्न् शिक्षकलाई स्कूलबाट विदा गरिने पनि बताए । ‘अंग्रेजी पढाउने शिक्षकले अंग्रेजी पढाउन जान्नै पर्छ ।, देशको हरेक क्षेत्रलाई स्मार्ट बनाउँदैछ प्रधानमन्त्रीले भने, ‘तपाईहरु पनि अब स्मार्ट बन्नुपर्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले मन्त्रीलाई स्मार्ट बनाउन विशेष कार्यक्रम सुरु गर्न लागेको जानकारी दिए । ६ महिना भित्र प्रधानमन्त्री कार्यालयबाट कागजबाट हुनुपर्ने काम हटाउने बताए । ‘मन्त्रीपरिषदको बैठकलाई समेत कागज मुक्त बनाउछु’ प्रधानमन्त्री ओली भने, ‘ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई पदबाटै बिदा गरिनेछ ।’

६ महिना भित्र मन्त्रीपरिषदको बैठकलाई कागजी ढड्डा मुक्त गरिनेछ । ल्यापटप चलाउन नजान्ने मन्त्रीहरुलाई बिदाई गरे जस्तै पढाउन नसक्ने शिक्षकहरुलाई पनि बिदाई गरिने उनको भनाई थियो । स्कूलको सिकाईलाई प्रविधिमैत्री बनाउनु पनि प्रधानमन्त्रीले शिक्षकलाई निर्देशन दिए ।