चितवन — गृहमन्त्री रामबहादुर थापाले गणतन्त्र र अहिलेका उपलब्धि उल्ट्याउने र देशलाई स्थिर हुन नदिने षड्यन्त्र कायमै रहेको बताएका छन् ।
बिहीबार सौराहामा आयोजित नेपाल राष्ट्रिय फोटो पत्रकार महासंघका जिल्ला अध्यक्षहरूको भेला उद्घाटन गर्दा मन्त्री थापाले सो कुरा भनेका हुन् ।
‘हिजोको जस्तो स्थिती पैदा गर्न गणतन्त्र र उपलब्धिलाई उल्ट्याउने षडयन्त्र कायमै छ’, मन्त्री थापाले भने । फोटो पत्रकारहरू यस्ता गतिविधि चिर्न सफल हुनुपर्ने उनले बताए । भ्रष्टहरूको स्टिङ अप्रेशन गर्न उनले पत्रकारलाई अनुरोध गरे । श्रम नगरी अकुत सम्पति आर्जन गरेकाहरूलाई प्रहार गर्नु पर्ने उनले बताए । कान्तिपुर दैनिक बाट










