३३ केजी सुन प्रकरणले फेरि नयाँ मोड लिएको छ । उक्त काण्डका प्रमुख अभियुक्त मानिएका चुडामणि उप्रेती ‘गोरे’ले आत्मसमर्पणपछि यस प्रकरणमा मुछिएपछि फरार रहेका एसएसपी श्याम खत्रीले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार खत्री आफैं बिहीबार बिहान अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन् । स्रोतका अनुसार उनले आज बयान दिने छन् । एसएसपी खत्री सुन प्रकरण र यसै घट्नासँग जोडिएको सनम शाक्यको हत्या प्रकरणमा मुछिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कान्तिपुरमा प्रकाशित समाचार अनुसार उनी फरार भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले खोजीका लागि सर्कुलर जारी गरेको थियो।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा दरबन्दी रहेका खत्री सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले बयानका लागि पत्र काटे लगत्तै फरार थिए।

फरार रहेका एसएसपी खत्री २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए।

तर २०७३ चैत ४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो।

कान्तिपुरबाट