प्रहरीले काठमाडौँका विभिन्न स्थानमा रहेका डान्सबार, रोधीघर, होटल तथा दोहोरी साँझमा छापा मारी ३९ जना किशोरीको उद्धार गरेको छ ।
गोंगवु, ठमेल, कोटेश्वर, बानेश्वर, बालाजुलगायतका क्षेत्रमा सञ्चालित होटल र डान्सबारहरुमा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले छापा मारी उनीहरुको उद्धार गरेको छ । प्रहरीले माइती नेपाल तथा सिबिन नेपालसँगको समन्वयमा बुधबार छापा मारेको थियो ।
१६ वर्षभन्दा कम उमेरका ति किशोरकिशोरीलाई काममा लगाउने गरेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई उद्धार गरको बताएको छ । दैनिक नेपाल बाट










