प्रदेश नं. १ को नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा मुख्यमन्त्री एंव पार्टीका केन्द्रीय सदस्य शेरधन राई चयन भएका छन् । राई पूर्व नेकपा एमाले संसदीयको दलको नेता थिए ।

पार्टी एकतापछि बिहीबार पहिलो पटक बसेको संसदीय दलको बैठकले राईलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरेको हो । त्यस्तै दलको उपनेतामा टंक आम्बुहाङ चयन भएका छन् । आम्बुहाङ तत्कालीन माओवादी केन्द्रको संसदीय दलको नेता थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संसदीय दलको नेता र उपनेता चयनका लागि इन्द्र आंबोको प्रस्तावमा सर्वसम्मत निर्णय भएको हो । यसअघि प्रदेश नम्बर ५ मा नेकपाको संसदीय दलमा शंकर पोखरेल चयन भइसकेका छन् । दैनिक नेपाल बाट साभार