दमक नगरपालिकाले नगरका सामुदायीक विद्यालयहरुमा स्यानिटरी प्याड वितरण शुरु गरेको छ । दमक स्थित पृथ्वीमाविबाट सो कार्यको थालनी भएको हो । कार्यक्रमको उद्घाटनका क्रममा नगरप्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले विद्यालयमा अध्ययन किशोरीहरुलाई स्यानिटरी प्याड वितरण गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कन्काई विकास बैंक तथा युएनएससीआरको सहयोगमा नगरका २० ओटा विद्यालयमा यो कार्यक्रम पु¥याईने उपप्रमुख अधिकारीले बताईन् । महिनावारी भएका कारण छात्राहरु विद्यालय आउने दर घट्न नदिन र उनीहरुको स्वास्थ्यमा पनि सहयो पुगोस भन्ने उदेश्यले यो कार्यक्रम ल्याईएको उनले बताईन् । सो क्रममा उनले महिनावारीलाई स्वभाविक रुपमा लिन र यो प्राकृतिक भएकाले सहज रुपमा लिन विद्यार्थीहरुलाई उनले आग्रह समेत गरिन् । कार्यक्रममा वडाध्यक्ष भिम पौड्याल, अन्य जनप्रतिनिधी, दमक जेसीज तथा कन्काई विकास बैंकका प्रतिनिधीहरुको पनि सहभागीता थियो ।

स्यानिटरी प्याड वितरण भएका विद्यालयहरुमा दमक जेसीजले एक÷एक ओटा ट्याङ्क उपलव्ध गराएको जेसीजका अध्यक्ष चन्द्र खत्रीले बताए । पहिलो दिन पृथ्वी सहित ४ ओटा विद्यालयमा प्याड बितरण गरिएको छ । हिमालय मावि, भृकुटी र सरस्वती आधारभूत विद्यालयमा प्याड वितरण गरिएको नगरपालिकाले जनाएको छ ।