हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले वीर अस्पतालको सरसफाइ र रङरोगनका क्रममा एक पैसा अनियमितता नभएको प्रस्ट पारेका छन् ।

बिहीबार वीर अस्पतालमै पत्रकार सम्मेलन गर्दै धुर्मुसले आफूले कुनै भ्रष्टाचार गरेको पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार भएको बताए । केही समययता वीर अस्पतालको सरसफाइ र रङरोगनमा लागेका धुर्मुसले आफूले सर्वसाधारणसँग एक पैसा नमागेको बरु सर्वसाधारण आफैं आएर पैसा दिएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्षसमेत रहेका धुर्मुसले वीर अस्पतालको सरसफाइका लागि हालसम्म १४ लाख ६४ हजार ८३५ रुपैयाँ उठेको तर खर्च भने ४८ लाख ६४ हजार ३४४ रुपैयाँ भइसकेको जानकारी पनि दिए ।

पत्रकार सम्मेलनमा उपस्थित स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सर्वसाधारणबाट चन्दा उठाएर वीर अस्पतालको सरसफाइ गर्नुपर्ने अवस्था किन आइपर्‍यो ? भन्ने प्रश्नको जवाफ भने दिन सकिनन् ।

उनले वीर अस्पतालमा डिजिटल प्रणालीबाट काम गराएर देशको नमुना अस्पाल बनाउने भन्दै कुरा मोडिन् । सो अवसरमा राष्ट्रिय चिकित्सा विज्ञान प्रष्ठिानका उपकुलपति डा. गणेश गुरुङले सरसफाइ र रङरोगनमा अस्पतालले पैसा नदिएको स्पस्ट पारे ।