पाल्पा : तानसेनबाट रामपुर जाँदै गरेको बस हुमिनमा दुर्घटना भएको छ। दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। सहकारीको अध्ययन अवलोकनमा गएको टोली दुर्घटनामा परेको हो।

अहिले उद्दार भइरहेको छ। आर्यभञ्याङ्ग-रामपुर सडकखण्डको रम्भा ४ हुमिनको धारादीमा बस सडकबाट १ सय ५० मिटर तल भीरमा खसेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पानी परिरहेकाले उद्धार गर्न कठिनाइ भएको प्रहरीले बताएको छ। केही घाइतेलाई मिसन अस्पतालमा ल्याइएको छ।उक्त बसमा तानसेनमा रहेको लक्ष्मी बचत सहकारीका २७ जना कर्मचारी सवार थिए। घटनाको थप विवरण अाउन बाँकी छ। अन्नपूर्ण पोस्ट बाट साभार