उर्लाबारी– मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बिहान ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१च ५४१४ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय महेश चौधरीको मृत्यु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पिकअपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहान ६ः२५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ।

ठक्कर दिने पिकअप र त्यसका चालकलाई प्रहरी चौकी, गछियाले नियन्त्रणमा लिएको छ। रासस