दमक/दमक नगरपालिका र रोटरी क्लव अफ दमकले दमक स्थित पृथ्वी माध्यमिक बिद्यालयका बिपन्न समुदायका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रि बितरण गरेकाछन् । २८ जना बिपन्न बिद्यार्थीहरुलाई बिद्यालयको सम्पूर्ण ड्रेस सहित आवश्यक शैक्षिक सामाग्रिहरु प्रदान गरेको हो ।
दमक नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, क्लवका अध्यक्ष गंगाप्रसाद काफ्ले लगायतले बालबालिकाहरुलाइ शैक्षिक सामाग्रि बितरण गरेका थिए । बिद्यालयमा अध्ययनरत २८ बालबालिकाहरुलाइ शैक्षिक सामागिग्र बितरण भएको क्लवका अध्यक्ष काफ्लेले जानकारी दिएकाछन् ।











