दमक/ मेची मदिरा व्यवसायी संघले हालै वजेट मार्फत सरकारले मदिराजन्य बस्तुमा गरिएको मूल्य बृद्धि वैज्ञानिक ढंगको नभएको टिप्पणी गरेको छ । दमकमा शुक्रवार संघको माइपश्चिम समितिले पत्रकार भेटघाट कार्यक्रम गरि मदिरामा गरिएको मूल्य बृद्धिले बैज्ञानिक नभएको भन्दै त्यसले उद्योग वन्द गराउन केन्द्रीत भएको जिकीर गरेको हो ।
संघका अध्यक्ष प्रेमकुमार पाण्डेले सरकारले मदिराजन्य बस्तुमा ह्वात्तै बृद्धि गरिएको करका कारण मझौला प्रकृतिका उद्योगधन्दा बन्द हुने अवस्थामा पुग्ने र त्यसले घरेलु ,कमसल मदिराको खपत बढ्न सक्ने अनुमान गर्छन् । विभिन्न लेभलका मदिराजन्य बस्तुमा सरकारले एकैपटक हालसम्मकै बढी अन्तशुल्क बढाएको हो । जसअनुसार १०.७१ प्रतिशत देखि १३७.५० प्रतिशत सम्म अन्तशुल्क कर बृद्धि गरिएको छ । ती मध्ये सवैभन्दा बढी खपत हुने ५० यूपीका मदिरामा सवैभन्दा बढी १३७.५० प्रतिशत अन्त शुल्क बृद्धि गरिएको छ । अध्यक्ष पाण्डेले भने,–‘ मदिराजन्य बस्तुमा यो बृद्धि अस्वभाविक हो, यसले उद्योग वन्द गराएर अप्रत्यक्ष रुपमा घरेलु मदिरामा जोड दिन खोजेको छ ।’
मदिराका वजारमा सवैभन्दा बढी ५० यूपी ब्राण्डका मदिराको खपत उच्च रहेको छ । मदिराको खपत उच्च भएसंगै सेवनकर्ता समेत धेरै रहेका कारण त्यस्ता वर्ग घरेलु मदिरा तर्फ आर्कषित हुने ठान्छन् अध्यक्ष पाण्डे । उनले भने,‘ राज्यले मदिराजन्य उपयोग्य बस्तुलाई नियन्त्रण गर्ने नाममा बृद्धि गरिएको कर सरासर अबैज्ञानिक छ ।’
बृद्धि गरिएको करले उपभोक्ताहरु गुणस्तरहिन घरेलु मदिरा सेवन गर्न बाँध्य वनाउने तर्फ केन्द्रीत भएको उनको दावी छ । साथै ,सरकारले कम यूपीमा पर्ने वियरजन्य मदिरामा समेत बृद्धि गरिएको अन्तशुल्क कर जायज नभएको अध्यक्ष पाण्डेले बताएका छन् । त्यस्तै मदिरामा गरिएको कर बृद्दिले वजारमा मदिराको माग उच्च भएपनि कालोवजारी नभएको उनले स्पष्ट पारे । उनले भने,–‘ मदिरामा कर बढ्यो भन्दै नाजायज ढंगले कुनै पनि व्यवसायीले आफूखुसी मदिरा बेच्न पाउदैनन् ।’
एक प्रसङमा अध्यक्ष पाण्डेले साउनदेखि दमकमा नै आन्तरिक राजस्व कार्यालय आउने स्वागतयोग्य भएको समेत विचार राखे । अव स्थानीय सरकारले मदिराको कारोबार गर्न चाहने ब्यवसायीलाई आवश्यकता अनुसार राज्यको नियम कानुनको बारेमा अभिमुखीकरण दिनुपर्ने जोड दिन्छन् । पत्रकार भेटघाटमा संघका महासचिव मुकुन्द आचार्यले मदिराजन्य बस्तु नियन्त्रण गर्ने बहानामा बृद्धि गरिएको अन्तशुल्क कर राजस्वमुखी भएपनि व्यवहारमुखी नभएको बताए ।
मदिरामा १ सय ६४ प्रतिशतसम्म अन्तशुल्क बढाएपछि ब्यवसायीहरु आक्रोशित भएकाछन् । मदिरामा उच्च अन्तशुल्क लगाएका कारण उत्पादन बिक्री गर्ननै नसक्ने अवस्था आएको भन्दै ब्यवसायीहरुले आपत्ती जनाएकाहुन् ।
बजेटले ५० युपीसम्मका मदिरालार्इ बढी अन्तशुल्क लगाएको छ। ५० युपीको मदिरामा पहिला एक केशमा १ हजार २ सय ४४ रुपैयाँ अन्तशुल्क तिर्नुपर्नेमा त्यो बढेर ३ हजार २ सय रुपैयाँ पुगेको छ।
बढी युपीका मदिरा (पौवा) उत्पादन गर्ने धेरै कम्पनी ढिलो चाँडो बन्द हुन्छन्। ती उद्योगका उत्पादन महँगो हुन्छ र सस्तो मदिरा उपभोग गर्ने उपभोक्ता घरपालुवा उत्पादनमा फर्किने छन्।










