काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको विस्तार गरिएको छ । सरकारमा दुई उपप्रधानमन्त्री थपिएका छन् ।
संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउने क्रममा वरियता विवाद भएपछि प्रधानमन्त्री केपी शर्मा ओली दुई उपप्रधानमन्त्री थपेका हुन् ।
“उपेन्द्र यादवले सुरुदेखि नै परराष्ट्रमन्त्री मागेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि छाडन् मान्नुभएन,” स्रोतले भन्यो,“वरियता विवादका कारण प्रधानमन्त्रीले दुईजना उपप्रधानमन्त्री बनाउनुभएको हो ।”
सरकारमा फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री बनेका छन् । त्यस्तैगरी तत्कालीन एमालेबाट रक्षा मन्त्री बनेका ईश्वर पोखरेललाई पनि उपप्रधानमन्त्री बनाइएको छ । फोरम नेता मोहम्मद इस्तियाक राइ सहरी विकास मन्त्री बनेका छन् । यससँगै सरकारमा रहेका सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटालाई मन्त्रीमा बढुवा गरिएको छ ।










