काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा गोकुलप्रसाद बाँस्कोटा नियुक्त भएका छन्। यसअघि सञ्चार राज्यमन्त्री रहेका बाँस्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सञ्चारमन्त्रीमा नियुक्त भएका हुन्।
पहिले राज्यमन्त्री भए पनि उनीलाई मन्त्रालयको मन्त्री सरहको जिम्मेवारी दिइएको थियो। बाँस्कोटालाई पनि शुक्रबार फोरमबाट मन्त्री बनेका उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईसँगै राष्ट्रपतिको उपस्थितीमा शीतलनिवासमा आयोजित एक समारोह बीच प्रधानमन्त्रीले शपथ ग्रहण गराएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
शुक्रबार शपथ लिएका यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री र राई शहरी विकास मन्त्री भएका छन्।










