प्रदेश ३ मा आगामी १० वर्षभित्र संघीय राजधानी काठमाडौंलगायत आठ सहरमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा प्रतिबन्ध लगाइने घोषणा भएको छ।

प्रदेश प्रमुख अनुराधा कोइरालाले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा २०८५ सालसम्ममा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौती सहरमा पेट्रोलियम पदार्थमा आधारित सवारी साधनमा पूर्ण प्रतिबन्ध लगाइने घोषणा गरेकी छिन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश सरकारको नीति तथा कार्यक्रममा पोष्टबहादुर बोगटी-भिमफेदी-कुलेखानी सुरुङ मार्ग परियोजना र पुष्पलाल प्रदेश चक्रपथ (रामेछाप-दोलखा-सिन्धुपाल्चोक-नुवाकोट-धादिङ-चितवन-मकवानपुर-सिन्धुली र काभ्रे) लाई प्रदेश गौरवका योजनाका रुपमा अगाडि बढाउने घोषणा भएको छ। अन्नपूर्ण पोस्टबाट ।