१७ किलो सुनसहित पक्राउ परेका मनाङको नासों गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ लामालाई लमजुङ जिल्ला अदालतले बिहीबार १० वर्ष ६ महिना कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बिगोबमोजिम ८ करोड १६ लाख १४ हजार ९ सय ६० रुपैयाँ जरिवानासमेत तोकेको छ। उक्त सुनको बिगोबमोजिमको मूल्य तत्कालीन अवस्थाको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संगठित अपराध ऐन, २०७० अन्तर्गतको मुद्दामा लामालाई थप ५० हजार रुपैयाँ जरिवाना तोकिएको अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए। गत कात्तिक १६ मा पक्राउ परेका लामा पुस १७ देखि जिल्ला कारागारमा पुर्पक्ष थुनामा थिए। फैसलाअनुसार लामाले सुन ल्याउन प्रयोग गरेको बा५८प ४२९१ नम्बर मोटरसाइकल, हेल्मेट र मोबाइल पनि जफत गरिएको छ। कान्तिपुर दैनिकबाट ।