सवारी दुर्घटनामा परी १० महिनाको अवधिमा ८५ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

चालू आर्थिक बर्ष २०७४/०७५ को १० महिनाको अवधिमा ६४ पुरुष, १५ महिला, ५ बालक र १ बालिकासहित गरी ८५ जनाले ज्यान गुमाएका हुन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रवक्ता यामकुमार खड्काका अनुसार साउनदेखि बैशाख मसान्तसम्ममा २२२ वटा सवारी दुर्घटना हुँदा सोको मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले साँघुरो सडक, चालकको लापरवाही र क्षमताभन्दा बढी याुत्र बोक्ने गरेका कारण दुर्घटना बढी हुने गरको बताउँदै भने–‘कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि विभिन्न समयमा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।