नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शर्माले वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरक भन्दाबढि महत्वाकांक्षि भएको बताएका छन्।
प्रेस युनियन दाङले शनीवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले वर्तमान सरकारले ल्याएको बजेटका सन्दर्भमा यस्तो प्रतिक्रिया व्यक्त गदिएका छन्।
‘वर्तमान सरकारको अवस्था वायुपंखि घोडाको नारा, बयलगाडाको पारा जस्तै छ’ प्रवक्ता शर्माले भने,'निजि क्षेत्रलाइ बजेटले समेट्न सकेको छैन।'
साथै प्रवक्ता शर्माले वर्तमान सरकारले ल्याएको बजेटमा करको दर बढाइएको भन्दै दायरा नबढाएसम्म बजेटको लक्ष पुरा हुन कठिन भएको पनि बताए। ‘करको दर बढाउने होइन, यसले नागरीकलाइ व्ययभार थप्छ, त्यसैले दर भन्दा दायरा बढाउनु उपयुक्त हुने थियो, शर्माले भने।










