१९ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबुु पण्डितले प्रदेशमा कर्मचारीको पदपूर्तिका लागि प्रादेशिक लोकसेवाले गर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानीमा मन्त्री पण्डितले प्रादेशिक लोकसेवा आयोग निर्माण भई सोही अनुसार कर्मचारी पदपुर्ति हुने जानकारी दिए । उनले अहिले आवश्यक रहेको केही प्राविधिक पदमा कर्मचारी राख्न सकिने धारणा व्यक्त गरे ।
यस्तै उनले स्वच्छिक अवकास हाल स्थगित रहेको जानकारी दिँदै नियमित रुपमा अहिलेसम्म दुई हजार कर्मचारीले अवकास लिएको र बाँकीले आफ्नो कार्य प्रारम्भ गरि सकेको बताए ।
उनले कर्मचारीका सम्बन्धमा प्रस्तावित संघीय निजामती विधेयक कानून मन्त्रालय पुगेको जानकारी दिँदै निजामतीमा धेरै कर्मचारी संगठन आवश्यक नरहेको र एउटा निर्वा्चित कर्मचारी संगठन मात्र हुनुपर्ने धारणा राखे ।
यसैगरी उनले मन्त्री पण्डिले स्थानीय निकायका प्रमुख पदका ९५ प्रतिशत कर्मचारी पठाइसकिएको र उनीहरुले आफ्नो कार्य गरिरहेको बताउँदै बाँकी रहेको कर्मचारी यही जेठ मसान्तसम्म आ–आफनो कार्य क्षेत्रमा पुगी जनताको सेवामा तल्लीन हुने उल्लेख गरे ।
संघीय सांसदको कार्य कानून निर्माण गर्ने
संघीय सांसदको कार्य कानून निर्माण गर्ने भएको बताएका छन् । उनले सरकारले प्रत्येक निर्वाचन क्षेत्रको विकास कोषका लागि छुट्याएको रु चार करोड रकममा संघीय सांसदहरुले सहयोगी भूमिका मात्र निभाउनु लागि भएको प्रष्ट पारे ।
रकम खर्च गर्ने सम्बन्धमा सरकारले आवश्यक प्रक्रिया ल्याउन नै बाँकी रहेको बताए ।










